दसैँ अघिबाट छायाङ्कनको थालनी गरिएको चलचित्र ‘लभ स्टेसन’को सुटिङ अब काठमाडौँमा गरिने भएको छ । अभिनेता प्रदीप खड्का र लिलीबिली नायिका जसिता गुरुङको मुख्य भूमिका रहेको चलचित्रको छायाङ्कन काठमाडौँमा भइरहेको छ । भारतको दार्जिलिङ, कालिङपोङ, खार्साङ, मिरिकमा चलचित्रको ६० प्रतिशत छायाँकन गरिएको छ।  त्यस्तै दशैंलगत्तै निर्माण टोली नेपालको इलामको पशुपतिनगर, फिक्कल, इलाम बजार , कन्याम र श्रीअन्तुमा २० प्रतिसत छायाँकन सकेर निर्माण टिम २ दिन अघि काठमाडौं आएको हो । बाकि छायांकन काठमाण्डौ मै हुने छ। चलचित्रको दूई गीत बाहेकको सम्पूर्ण छायाकन तीहार अगाडी सक्ने तयारीमा निर्माण टिम रहेको छ. चलचित्रका दुई गीत मध्ये एक गीत मनाङ्ग र अर्को जापानमा छायाकन हुनेछ ।

सांगीतिक प्रेम कथामा आधारित पारिवारिक चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरिरहेका छन्। चलचित्रमा प्रदीप र जसिता संगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना लगायतका कलाकारको अभिनय रहेको छ । काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविर बिक्रम शाहीले चलचित्रलाई संयुक्त रुपमा निर्माण गरेका छन् ।