एक्सन अभिनेता निखिल उप्रेती अभिनीत नयाँ चलचित्र ‘भिलेन’को फस्टलुक्स सार्वजनिक भएको छ । पछिल्लो समय निखिल अभिनीत चलचित्रहरू खासै सफल छैनन् । यसै बिचमा निखिलको नयाँ चलचित्रको पोस्टर सार्वजनिक भएको हो । पोस्टरमा निखिल.आक्रोशित लुक्समा देखिएका छन् । यसो हेर्दा उनको पोस्टर साउथ चलचित्रका खलनायक जस्तो देखिएका छन् । पौष २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा निखिलको साथमा निशा अधिकारी, शिल्पा पोखरेलको मुख्य भूमिका रहेको छ । चलचित्रलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् भने बल बहादुर श्रेष्ठले निर्माण गरेका हुन् ।