युवापुस्तामा लोकप्रिय रहेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह नयाँ चलचित्रमा अनुबन्धित भएकी छिन् । पुनम पाण्डेले निर्माण गर्न लागेको चलचित्रमा साम्राज्ञी फाइनल भएकी हुन् । उक्त चलचित्रमा साम्राज्ञीको अपोजिट नायक पुष्प खड्का देखिँदै छन् । यसअघि चलचित्रमा अर्की अभिनेत्री दीपिका प्रसाईँ रहने चर्चा चलेको थियो । निर्माण पक्षले अपौचारिक जानकारी नदिए पनि यता दीपिकाले भने केही समाचारमा धन्यवाद लेख्दै सेयर गरेकी थिइन् । तर यति बेला दीपिकाका ठाउँ साम्राज्ञीले रिप्लेस गरेकी छिन् । साम्राज्ञी र पुष्पको अलावा चलचित्रमा अर्की अभिनेत्री रेविका गुरुङ फाइनल भइसकेकी छिन् । रेविका यसअघि चलचित्र ‘लिलीबिली’बाट डेव्यु गर्ने तयारीमा थिइन् । तर विभिन्न कारणले उनले लिलीबिली गर्न पाएकी थिइनन् । नाम तय नभइसकेको चलचित्रलाई नवल नेपालले निर्देशन गर्ने छन् । बुझिए अनुसार चलचित्रको छायाङ्कन माघबाट सुरु हुने छ ।