चलचित्र प्रमोसनको लागी पछिल्लो समय फिल्म मेकरहरुले फरक फरक शैलीहरू अपनाउने गर्दछन् । यसैमा माघ २५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रेमलिला’की निर्मात्री तथा अभिनेत्री दीपशिखा खड्काले नयाँ प्रमोसन शैली अपनाएकी छिन् । कपाल मुण्डन गरेको कारण चर्चामा रहेकी दीपशिखाले ‘तक्लु ब्युटी कन्टेस्ट’ आयोजना गर्ने भएकी छिन् । कपाल मुण्डन गर्दाको अनुभव सबैसँग साट्न आफूले तक्लु ब्युटी कन्टेस्टको आयोजना गरिएको दीपशिखा बताउँछिन् । यो प्रतियोगितामा महिलाले मात्र सहभागिता गर्ने पाउने छन् । प्रतियोगितामा सहभागिताका लागि चलचित्रको अफिसियल फेसबुक पेज ‘प्रेमलीला’ मा लाइक्स गरि आफ्नो कन्ट्याक्ट डिटेल्ससहित तक्लु मेकअप गरेको फोटो पठाउनु पर्ने छ ।प्राप्त फोटो मध्येबाट उत्कृष्ट १० फोटो छानेर अन्तिम प्रतिस्पर्धा गराइने अभिनेत्री खड्काले बताइन् । अन्तिम १० लाई निर्णायक तहमा लगेर निर्णयकको निर्णय अनुसार प्रथम हुनेलाई पचास हजार, दोस्रो हुनेलाई पच्चिस हजार र तेस्रो हुनेलाई नगद दश हजार प्रदान गरिनेछ । प्रेमलीलामा दीपशिखाको अलावा भारतीय मोडल अलि खानको मुख्य भूमिका रहेको छ । चलचित्रलाई जनक पाण्डेले निर्देशक गरेका हुन् ।