केही दिन अघि राजधानीमा एक भव्य कार्यक्रम गर्दै चलचित्र ‘बिर बिक्रम २’को घोषणा गरियो । चलचित्रमा नायकद्धय आकाश श्रेष्ठ, नजिर हुसेन र नायिका बर्षा सिवाकोटी रहने निर्माण पक्षले अफिसियल जानकारी दिएका थिए । तिहार लगत्तै छायाँकनमा जाने भनिएको बिर बिक्रम २बाट नायक आकाश श्रेष्ठले हात झिकेका छन् ।

उनले सोमबार फेसबुकमा स्टाटस लेख्दै आफुले बिर बिक्रम २ नगर्ने भएको जानकारी दिएका हुन् । हजुरबुवाको स्वास्थ्य स्थिती बिग्रिएको र आफुले हजुरबुवालाई समय दिनु परेको कारण चलचित्र खेल्न नसक्ने भन्दै फेसबुकबाट नै आकाशले यस चलचित्रका निर्देशक, निर्माता मिलन चाम्ससँग माफी मागेका छन् । आकाशको फेसबुक स्टाटस यस्तो छ : 

सबै भन्दा पहिला त क्षमा प्राथि छु !

मैले खेल्ने भनिएको चलचित्र बिर बिक्रम म मेरो हजुर बुबा बिरामि भएको हुदा उहाको उपचारमा समय दिनु पर्ने कारण ले गर्दा यो चलचित्रमा समय दिन नसक्ने भएको छु ! मिलन दाई संग काम गर्न पाउनु मेरो लागि ठुलो सौभाग्य थियो र खुसि पनि थिए तर यो टिमलाई साथ दिन सकिन । म आवद्ध नभएपनि 'बिर बिक्रम २' लाई सफलताको शुभकामना छ। आगामी दिनमा निर्देशक तथा निर्माता मिलन चाम्स दाईसँग काम गर्ने व्यग्र प्रतिक्षामा रहनेछु । धन्यवाद !

‘बिर बिक्रम २’ नखेल्ने भन्दै आकाशले मिलनसँग मागे माफी !