सोमबार दिउँसो नायक आकाश श्रेष्ठले फेसबुक मार्फत आफूले ‘वीर विक्रम २’ छाडेको स्टाटस लेखेका थिए । उनले स्टाटस लेखेको केही समय भित्र नै यो चलचित्रमा अर्का नायक पल शाह फाइनल भएका छन् । सोमबार चलचित्र निर्माण टिम र नायक पल शाह बिच कागजी सम्झौता भएको छ । यो चलचित्रका पलको अपोजिट वर्षा सिवाकोटी छिन् भने अर्का नायक नाजिर हुसेन पनि छन् । चलचित्रमा पल, नाजिर र वर्षाको अलावा बुद्धि तामाङको पनि मुख्य भूमिका रहेको छ । चलचित्रलाई मिलन चाम्सले निर्माण तथा निर्देशन गर्ने लागेका हुन् ।