चलचित्र ‘रोमियो’ अब कात्तिक १७ मा प्रदर्शन हुने भएको छ । वैशाक २९ गते प्रदर्शन मिति तोकिए पनि स्थानिय निकायको निर्वाचनको कारण चलचित्र उक्त समय प्रदर्शन हुन सकेको थिएन् । निर्माता तथा नायक हसन खानको अनुसार चलचित्र अब कात्तिक १७ मा नै प्रदर्शन हुने छ । त्यो मिति बाहेक अब पर नसर्ने उनले बताएका छन् ।उनले भने–‘हामीले वैशाख २९ गते नै रिलिज गर्ने तयारी गरेका थियौ । तर, स्थानिय निर्वाचनका कारण चलचित्रको प्रदर्शन मिति सार्नुप¥यो । अब, कात्तिक १७ मा चलचित्र रिलिज हुन्छ ।


शंकर कार्कीको निर्देशनमा तयार भएको यो चलचित्रमा हसनराजा खान, निशा अधिकारी, ओसिमा बनु, मेलिना मानन्धर लगायतका कलाकारको अभिनय छ । चलचित्रको ‘ल्याङ ल्याङ’ बोलको गीतको अडियो हिट भैसकेको छ ।