नेपाली हाँस्यव्यङ्य क्षेत्रका बरिष्ठ कथा चर्चित कलाकार हरिवंश आचार्यले आज आफ्नो ६१ औँ जन्मदिन मनाएका छन् । मङ्गलवार उनले आफ्नो ६१ औँ जन्मदिनको केक रेडियो अडियोमा काटेर सेलिब्रेसन गरेका थिए । हरिवंशको जन्मदिन पारेर नयाँ चलचित्र ‘दाल भात तरकारी’को पनि शुभमुर्हत गरिएको थियो ।
केक काट्ने कार्यक्रममा चर्चित हास्यकलाकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्ने क्रममा आचार्यले आफ्नो दिवङ्गत श्रीमती मिरा आचार्यलाई सझिए ।
त्यस्तै चर्चित हास्यकलाकार सिताराम कट््टेल ‘धुर्मुस’ले हरिवंशको क्यारिकेचर गरेर हँसाएका थिए । हरिवंशलाई हाँस्य कलाकारहरू दीपकराज गिरी, जितु नेपाल, किरण केसी, कुञ्जना घिमिरे,निर्मल शर्मा लगायतले शुभकामना दिएका थिए ।