हाल छायाङ्कनरत चलचित्र ‘जात्रा जात्रै’को अस्ट्रेलिया राइटस् बिक्री भएको छ । केही दिन अघि टिजर रिलिज भएसँगै चलचित्रको विभिन्न देशमा प्रदर्शनका लागी सम्झौता हुन थालेको चलचित्रका निर्माता रविन्द्रसिंह बानियाँले जानकारी दिए । जात्रै जात्रा अस्ट्रेलियामा प्रदर्शन गर्नका लागि ३५ लाख रुपैयाँमा सम्झौता भएको निर्माण पक्षले जनाए । होर होइन होला इभेन्ट र पप अप इन्टरटेन्मेन्टले ’जात्रै जात्रा’ को सार्वजनिक टिजरमा दर्शकले दिएको उत्साहजनक प्रतिक्रिया र चलचित्र जात्राको रिर्पोट हेरेर जात्रै जात्रा अस्ट्रेलियामा प्रदर्शनका लागि सम्झौता गरिएको आयोजक मध्येका एक चिरन श्रेष्ठले जानकारी दिएका छन् ।
निर्देशक प्रदीप भट्टराईको अघिल्लो चलचित्र जात्राले अस्ट्रेलियामा राम्रो दर्शक पाएको थियो भने पछिल्लो फिल्म शत्रुगतेले सिड्नीमा मात्र १७ शो र अस्ट्रेलिया भर ४० भन्दा बढी हाउसफुल शोहरु गर्न सफल भएको थियो । षट्कोण आर्टस् प्रा लि को ब्यानर मा निर्मित जात्रै जात्रा यहि फागुन १७ गते देखि प्रदर्शनमा आउदैछ । चलचित्रमा रबिन्द्र सिंह बानियाँसँगै यादव पौडेल र सिंगे लामाको लगानी छ ।