केही महिना अघि एक कार्यक्रममा नायिका आँचल शर्माले आफूलाई सोलो हिरोइनको रूपमा काम गर्ने मन लागेको र हुलमुलको चलचित्र कम गर्ने भन्ने अभिव्यक्ति दिएकी थिइन् । सोही समय आँचल अभिनीत ‘शत्रु गते’ प्रदर्शन भइरहेको थियो । मह सञ्चाले निर्माण गरेको शत्रुगतमा दर्जनबढि चर्चित कलाकारहरूको हुल छ । त्यस मध्य आँचल एक थिइन् । पछिल्लो समय कलाकारहरू ठुला ब्यानरबाट बनेको चलचित्रमा काम गर्ने लालयित हुन्छन् । तर आँचलको हुलमुलमा काम नगर्ने भन्ने अभिव्यक्तिले उनको हातमा आइसकेको चलचित्र ‘दाल भात तरकारी’ पुत्कियो । आँचल भन्छिन् ‘शत्रु गतेको सक्सेस पार्टीमा मसँग दाल भात तरकारीको बारेमा कुरा भएको थियो । तर त्यो समयको कन्ट्रोभर्सीको कारण उहाँहरूले अप्रोज गर्नु भएन ।’

शत्र् गते टिमले बनाउन लागेकाे दाल भात तरकारीमा  अहिले  आँचल पुनः  जोडिसकेकी छिन् । यसअघि आँचलको स्थानमा नायिका स्वस्तिमा खड्का फाइनल भइसकेकी थिइन् । यता स्वस्तिमाले समय अभावको कारण देखाउँदै दाल भात तरकारी छाडिन् । स्वस्तिमाले छाडेपछि आँचल भित्रिएकी हुन् । आँचल भन्छिन् ‘अन्त्यमा भएपछि दालभात तरकारी टिमसँग जोडिन पाए ।’  स्वस्तिमाले नछाेडेकाे भए सायद अाँचलले याे चलचित्रमा हुने थिइनन् । अब दाल भात तरकारीमा अाँचल नायक पुष्प खड्काकाे अपाेजिटमा देखिन्दैछिन् ।