अभिनेता निखिल उप्रेतीको मुख्य भूमिका रहेको चलचित्र ‘भिलेन’को नयाँ गीत सार्वजनिक भएको छ । पुष २७ गतेबाट प्रदर्शनमा आउन लागेको ‘भिलेन’को नयाँ गीत ‘च्यानाकुटी झ्याई झ्याई...’ रिलिज भएको हो । गीतमा चलचित्रकी नायिकाहरू शिल्पा पोखरेल, निशा अधिकारी, कपिल खत्री फिचर्ड छन् । सार्वजनिक गीतमा अन्जु पन्त र रामचन्द्र काफ्लेको स्वर रहेको छ भने एकनारायण भण्डारीको शब्द रहेको छ । गीतमा सङ्गीत लाल कुमार बरालले भरेका हुन् । गीतको अन्त्यमा अभिनेता निखिल उप्रेतीको एक्सनपनि समावेश गरिएको छ । भिडियोलाई दीपेन्द्र तिमल्सिना र दीपक श्रेष्ठले कोरियोग्राफी गरेका हन् । 

चलचित्रमा मौनता श्रेष्ठको लेखन, सौरभ लामा, मदन कस्यप घिमिरेको छायाङ्कन, वसन्त सापकोटा, बाबु गिरि, लालकुमार बरालको सङ्गीत, शुक्रराज शाहको द्वन्द्व छ । यो चलचित्रलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् भने बलबहादुर श्रेष्ठ (शीतल)ले निर्माण गरेका हुन् । चलचित्रमा दीपक श्रेष्ठ, सुरज खड्का र मधु केसी कार्यकारी निर्माताको रूपमा रहेका छन् ।