पछिल्लो समय म्युजिक भिडियोमा निकै व्यस्त रहेकी नायिका तथा मोडेल एलीसा राईको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक राजमान तामाङको स्वरमा रहेको ’कान्छी’बोलको गीत सार्वजनिक भएको हो । गीतमा एलीसा र सरोज मोक्तानको अभिनय रहेको छ । जितेन लेप्चाको शब्द तथा सङ्गीत रहेको गीतको भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका हुन् ।  भिडियोमा उत्सव दाहालको छायाङ्कन तथा निशान घिमिरेको सम्पादन रहेको छ भने कोरियोग्राफी कलाकार सरोज लेनै गरेका छन् ।