गत वर्षको सुपरहिट गीत ‘सुन साइँली’को नाम सापटी लिँदै निर्माण भएको ‘साइँली’का फस्ट लुक सार्वजनिक भएको छ । रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको चलचित्रले पहिलो लुकसँगै प्रदर्शन मिति समेत सार्वजनिक गरेको छ । निर्माण पक्षको अनुसार चलचित्र चैत्र १५ गते रिलिज हुनेछ । चलचित्रको दुई तीन पोस्टर सार्वजनिक भएका छन् ।

यस्तो छ ‘साइँली’को फस्ट लुक, चैत्रमा रिलिज पक्का 

दुई पोस्टरमा चलचित्रकी मुख्य नायिका मेनुका प्रधान फिचर छिन् भने अर्को पोस्टरमा मेनुकाको साथमा अभिनेता दयाहाङ राई, गौरव पहारी र केनिपा सिंह फिचर्ड छन् । जीएच इन्टरटेन्मेन्टको ब्यानरबाट निर्माण भएको चलचित्रलाई ‘सुन साइँली’का गायक हेमन्त राना र नायक गौरव पहारीले मिलेर निर्माण गरेका हुन् । चलचित्रमा लगानी बिशाल गुरुङ र मोहन राना मगरको रहेको छ ।