गायक पुष्प गजमेरको नयाँ म्युजिक भिडियो सार्वजानिक भएको छ । ‘एउटा साथी छ’ बोलको उक्त गीत ‘आवाज ’ एल्बममा समावेश गरिएको छ । सार्वजानिक गीतमा स्वर र संगीत गायक गजमेरको रहेको छ भने शब्द अर्जुन सापकोटाले दिएका छन् । म्युजिक भिडियोमा मोडल बिमलेस अधिकारी र पुर्नी गुरुङको अभिनय रहेको छ ।

 

अमेरिकाका बिभिन्न स्थानमा छायाँकन गरिएको भिडियोमा मोनी राईको छायाँकन र सम्पादन रहेको छ भने प्रजित रानाले निर्देशन गरेका हुन। एल्बम “आवाज“ केहि समय अघि मात्र अमेरिकामै सार्वजानिक गरिएको थियो।