अभिनेता विपिन कार्की सवारी दुर्घटनामा परेका छन् । मङ्गलवार बिहान चलचित्र ‘जात्रै जात्रा’को सुटिङ स्थलमा जानेक्रममा विपिनको दुर्घटना भएको हो । उनको कोटेश्वरबाट बालाजु जानेक्रममा कालिमाटीमा आफू चढेको मोटरसाइकललाई अर्को मोटरसाइकललाई ठक्कर दिएको हो । विपिनको मोटरसाइकललाई ठक्कर दिने अर्को मोटरसाइकल भने फरार भएको छ । जात्रै जात्रा निर्माण पक्षको अनुसार विपिनको खुट्टामा गम्भीर चोट लागेको छ । उनको खुट्टाको अपरेसन गर्नु पर्ने जानकारी दिए । हाल विपिनको बल्खु स्थित बयोधा हस्पिटलको आइसीउमा उपचार भइरहेको छ । विपिनको दुर्घटना परेसँगै केही साताको लागी जात्रै जात्राको छायाङ्कन स्थगित गरिएको निर्माण पक्षले जानकारी दिए ।