यसअघि मङ्सिर ७ गते रिलिज हुने भनिएको चलचित्र ‘दि कर्मा’ले आफ्नो प्रदर्शन मिति पोसपोण्ड गरेको छ । रिलिज मिति नजिक आइरहन्दा चलचित्रको कुनै चहलपहल नभएपछि निर्माण पक्षले माघ ४ गते रिलिज मिति सारेको छ । चलचित्रका निर्माता जयराज रायको अनुसार विशेष कारणवश माघमा सारिएको बताएको छ । नेपाल र भारतको सीमा क्षेत्रमा हुे घटनामा बनेको चलचित्रलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रमा छायाङ्कन रामेश्वर कार्कीको रहेको छ । जय मिडिया म्यानेजमेन्ट प्रा.लि.को ब्यानरमा बनेको ‘दि कर्मा’ को कथा निर्माता राय आँफैले लेखेका हुन् । निशा खतिवडा निर्मात्रीको रूपमा रहेको चलचित्रको छायाङ्कन नेपालको तराई क्षेत्रमा भएको हो । चलचित्रमा भारतका मोडल तथा कलाकार करण बर्माको साथै निता ढुङ्गाना, परमिता राज्यलक्ष्मी राणा, बुद्धि तामाङ, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, सङ्गीता नापितलगायतका कलाकारहरूको अभिनय रहेको छ ।