चलचित्र ‘ए मेरो हजुर २’बाट सिने नगरीमा डेव्यु गरेका नायक सलिन मान बनियाँको नयाँ चलचित्र ‘यात्रा’ ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । यसअघि असोजमा रिलिज डेट राखेको चलचित्रले चैत्र २९ गते प्रदर्शन मिति तय गरेका हो । निर्माता केशव भट्टराईको जन्मदिनको अवसर पारेर चलचित्र चैत्र २९ गतेलाई रिलिज लक गरिएको हो। सम्राट शाक्यको निर्देशनमा तयार भएको चलचित्रमा सलिनसँगै सलोन बस्नेत, मल्लिका महत, जान्वी बस्नेत, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको अफिसियल पोष्टर सार्वजनिक गर्दै रिलिज मिति तय गरिएको हो।