केही दिन अघि पहिलो लुक्स सार्वजनिक भएको चलचित्र ‘गरुड पुराण’को पहिलो गीत सार्वजनिक भएको छ । ‘म त पिरिममा’बोलको गीत बिहीबार सार्वजनिक भएको हो । गीतमा निर्देशक तथा नायक निश्चल बस्नेतले देखिएका छन् । उनीसँगै भिडियोमा चलचित्रका कलाकारहरू कर्मा र नव नायिका प्रियङ्का सिंह ठकुरी फिचर्ड छिन । गीतमा निश्चलको जोडीको रूपमा अञ्जलि योञ्जन देखिएकी छिन । गीतमा कोसिस क्षेत्री संगीत रहेको छ भने यसलाई दिनेश राउतले लेखेका हुन् । गीतमा कोसिस र मनिषा पोखरेलको आवाज रहेको छ । कोरियोग्राफी रेनाशा वान्तवा राईले गरेकी छिन् ।पारिवारिक प्रेमकथामा आधारित गरुड पुराणमा हास्य रस पनि रहेको निर्देशक सुबास कोईरालाको भनाई छ ।
आकाश बराल, बिनोल खतिवडा र सुवास आफैंले लेखेको यो चलचित्रको कथा कसम नेपालको हो । निर्माताको रूपमा अजित प्रजापति र अशोक गौतम रहेका छन् । सुसन प्रजापतिको छायाँकन रहेको चलचित्रलाई उज्ज्वल ढकालले सम्पादन गर्दैछन् ।