नेपाल आइडल सिजन २मा चर्चा बटुलिरहेका प्रतिस्पर्धी बिक्रम बरालले चलचित्र प्रसादको तेस्रो गीत रेकर्ड गराएका छन् । यहि मंसिर २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रलेको गीत बिहिबार राजधानीको एक स्टुडियोमा रेकर्ड गराइएको थियो । यो गीतमा ‘प्रसाद’को चर्चित गीत ‘लै लै‘.’का संगीतकार सुवास भुषालको शब्द तथा संगीत रहेको छ । निर्देशक दिनेश रावतका अनुसार चलचित्रको यो गीत सिनेमामा प्लेव्याक म्युजिकको रुपमा प्रयोग गरिने छ 

‘प्रसाद’का निर्माता सुवास थापाले बिक्रम बराललाई एउटा प्रोफेसनल गायक बराबर पारिश्रमिक दिएको बताए । बिक्रम बराललाई सिनेमाको गीत रेकर्ड गर्नु अघि निर्माता थापाले उनलाई गीत गाए बाफत पाउने पारिश्रमिक समेत हस्तान्तरण गरेका थिए । निःसन्तान दम्पत्तीको कथामा निर्माण भएको सिनेमाको कथा, पटकथा तथा संवाद रंगपत्रकार सुशील पौडेलले लेखेका हुन् । भने सिनेमामा नम्रता श्रेष्ठ, विपिन कार्की, निश्चल बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ ।