सामाजीक बिषयमा निर्माण गरिएको डोली फिल्मको ट्रेलर सार्वजनीक गरिएको छ । राजबहादुर सानेको लेखन र निर्देशनमा बनेको डोली २८ मंसिरमा प्रदर्शन हुदैछ ।
सार्वजनीक ट्रेलरमा लभ, एक्शन, कमेडीको समिश्रण देखिन्छ । किरण नेपालीले निर्माण गरको फिल्ममा किशोर खतिवडा, पृथ्वीराज प्रसाई, अर्जुन गुरुङ,सानीया खान,संगीता नापीत,नवीन रेग्मी, प्रशान्त भण्डारी,प्रिया रिजाल,सतिश खत्री, दामोदर खतिवडा, हिउवाला गौतललगायतका कलाकारले अभिनय गरेका छन् ।
जयराम थापाले खिचेको फिल्म रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो । तारा थापा किम्भेले सम्पादन गरेको फिल्म आरआर फिल्मस् र जिजिए ग्रुपले बितरण गर्दैछ । डोलीले मनोरञ्जनका साथै समाजोपयोगी सन्देश समेत प्रभावह गर्ने दावी निर्देशक सानेको छ । सानेले यसअघि बृन्द्धाबन, बिरंगनालगायतका फिल्म निर्देशन गरेका थिए ।