पौष १३ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘घन चक्कर’ को नयाँ गीत सार्वजनिक भएको छ । राजेशपायल राई र माण्डवी त्रिपाठीको आवाजमा रहेको ‘दाईको सालो’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतको भिडियोमा सलोन बस्नेत, नरेन खड्का र करिश्मा लामा फिचर्ड रहेका छन् । विपिन आचार्यको शब्द संगीत रहेको गीतको भिडियोमा सिमोन राजवंशीको कोरियोग्राफी रहेको छ ।
चलचित्रमा सलोनसँगै सौगात मल्ल, ममता प्रधान, सरोज खनाल, आशान्त शर्मा, सिशिर भण्डारी, पवन भुषाल, कृष्ण भत्त महर्जन, जनक घर्ती मगर, दामोदर पौडेल, इश्वर खडका, राज कुमार कसुला लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
जितेन्द्र राजोपाध्यायले निर्देशन गरेको चलचित्र हरि भट्ट (सुर्यनाथ) ले निर्माण गरेका छन् । चलचित्रमा अर्जुन सिंहको कथा, अस्ट मर्हजनको द्धन्द्ध, सुशान प्रजापतीको छायांकन, मित्र गुरुङको सम्पादन रहेको छ ।