बलिउड अभिनेत्री प्रियङ्का चोपडाले बनाएको नेपाली भाषी चलचित्र ‘पाहुना’को पहिलो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘नौलो संसार’बोलको गीतमा अङ्ग्रेजी सबटाइटल प्रयोग गरिएको छ । गीतमा पियूष नेपाल र अभिब्यन्जना रुवी थतालको स्वर रहेको छ भने सागर देसाइले सङ्गीत रहेको छ । यो गीतमा पियूष नेपाल र प्रयास नेपाललको शब्द रहेको छ । केही दिन अघि मात्र यो चलचित्रको ट्रेलर सार्वजनिक भएको थियो । उक्त ट्रेलरले निकै प्रशंसा बटुलिरहेको छ । प्रियङ्का र उनकी आमा मधु चोपडाको ब्यानर पर्पल पेबल पिक्चर्सले निर्माण गरेको चलचित्रलाई पाखी ए टायरवालाले निर्देशन गरेका छन् । नेपालमा माओवादी आन्दोलनबाट बचेर सिक्किम पुगेका तीन बालबालिकाको कथा वाचन गरेको चलचित्र ७ डिसेम्बर, २०१८ रिलिज हुँदैछ । बाल कलाकार इसिका गुरुङ र अनमोल लिम्बु चलचित्रमा मुख्य भूमिकामा रहेका छन् ।