नायक अनुप विक्रम शाही र नायिका वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको चलचित्र ‘पुरानो बुलेट’को पहिलो गीत सार्वजनिक भएको छ । शुक्रवार युट्युब मार्फत चलचित्रमा समावेश भएको ‘मङ्सिर १५ मा’बोलको गीत सार्वजनिक भएको हो । गीतमा अनुप र वर्षा फिचर्ड छन् । सार्वजनिक गीतमा उत्तम जङ्ग लिम्बु र मेलिना राईको स्वर रहेको छ भने राम भट्टराईको शब्द रहेको छ । गीतमा सङ्गीत गायक उत्तम स्वयंमले भरेका हुन् । भिडियोलाई भने कोरियोग्राफी प्रशान्त तामाङले गरेका छन् ।

भीषण राईको निर्देशन रहेको चलचित्रमा अनुप र वर्षाको अलावा माला लिम्बु, कृष्णभक्त खनाल, कविता आले, शिव मुखिया, भरत लिम्बु, शिरोमणी दवाडी, बादल श्रेष्ठ, करण धिताल लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा कथा तथा पटकथा निर्देशक भिषणसँगै सन्तोष राईको रहेको छ । यो चलचित्रमा छायाँकन हलि घलेको रहेको छ भने अर्जुन जिसीको सम्पादन रहेको छ । चलचित्रलाई अशोक कुमार राई, टिकाराम राई, बिरेन साम्बा, दिपेन लिम्बुले संयुक्त रुपमा निर्माण गरेका हुन् ।