शनिवार ललितपुरको सानेपा स्थित ‘लक्स कामना अवार्ड’को चौथो संस्करण सम्पन्न भएको छ । आयोजना भएको अवार्ड शोमा नेपाली चलचित्र जगतका कलाकारहरू साथै सञ्चारकर्मीको बाक्लो उपस्थित रहेको थियो । कामना अवार्डको उत्कृष्ट नायक–नायिकाको तर्फबाट यसबर्ष नायक अनमोल केसीले ‘कृ’ र नायिका बेनिशा हमालले ‘ब्लाइन्ड रक्स’बाट अवार्ड थापेका छन् ।

त्यस्तै निर्देशक बिधामा मिलन चाम्स चलचित्र ‘लिलिबिली’बाट उत्कृष्ट बनेका छन् । कामना अवार्डमा यो बर्ष चलचित्र ‘लिलिबिली’ले उत्कृष्ट चलचित्रको अवार्ड हात पारेको छ । त्यस्तै बरिष्ठ हास्यँकलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘लाईफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरियो । भने पर्दा पछाडीको कलाकारका तर्फबाट संगीतकार शम्भुजित बास्कोटालाई ‘बिषेश सम्मान’ प्रदान गरिएको थियो । यस्तै कामना अवार्डमा यस बर्षको ‘स्टार अफ दि इयर’को अवार्ड अभिनेत्री प्रियंका कार्कीलाई प्रदान गरियो ।

‘कामना अवार्ड’मा अनमोल र बेनिशा बने उत्कृष्ट नायक–नायिका 

यस्तो छ अवार्डको सुचि :–

उत्कृष्ट चलचित्र : लिलिबिली
उत्कृष्ट निर्देशक: मिल​न​ चाम्स​ – लिलिबिली
उत्कृष्ट नव-निर्देशक: दीपेन्द्र लामा – घामपानी
उत्कृष्ट अभिनेता: अनमोल केसी – कृ
उत्कृष्ट अभिनेत्री: बेनिशा हमाल – ब्लाइन्ड रक्स

स्टार​ अफ​ द ईय​र​: प्रियंका कार्की
उत्कृष्ट नव-अभिनेता: आशिर​मान​ देश​राज​ जोशी – ग्याङ्ग​स्ट​र​ ब्लुज
उत्कृष्ट नव-अभिनेत्री: जसिता गुरुङ – लिलिबिली
उत्कृष्ट सह-अभिनेता: शिव​ह​री पौडेल ​- श​त्रुग​ते
उत्कृष्ट सह-अभिनेत्री: वर्षा राउत – छक्का पञ्जा २

उत्कृष्ट खलपात्र​: र​मेश​ र​ञ्ज​न​ झा – श​त्रुग​ते
उत्कृष्ट हास्य कलाकार: राजाराम पौडेल – म यस्तो गीत गाउँछु
उत्कृष्ट बालकलाकार: कुशाग्र भट्टराई – पिंजडा ब्याक अगेन
उत्कृष्ट कथा: दीपेन्द्र लामा – घामपानी
उत्कृष्ट पटकथा: दीपकराज गिरी/प्रदीप भट्टराई – श​त्रुग​ते

उत्कृष्ट संवाद: हरिवंश आचार्य/प्रदीप भट्टराई – श​त्रुग​ते
उत्कृष्ट गीतकार: धिरेन्द्र प्रेमर्षी – ‘सम्झनाको सारंगी’ – संरक्षण
उत्कृष्ट संगीतकार: अर्जुन पोखरेल – ‘तिमी रोएको पल’ – ऐश्वर्य
उत्कृष्ट पार्श्वगायक: सुगम पोखरेल – तिमी रोएको पल/ऐश्वर्य
उत्कृष्ट पार्श्वगायिका: बानिका प्रधान – ‘उड्यो मन’ – ब्लाइन्ड रक्स

उत्कृष्ट नृत्य-निर्देशक: कविराज गहतराज – ‘कुटुमा कुटु’ – दुई रुपैयाँ
उत्कृष्ट द्वन्द-निर्देशक: हिमाल केसी – पिजंडा ब्याक अगेन
उत्कृष्ट छायाँकन: पुरुषोत्तम प्रधान – कृ
उत्कृष्ट सम्पादन: सुरेन्द्र पौडेल – कृ
उत्कृष्ट पार्श्वसंगीत: एलिष कार्की – लिलिबिली

उत्कृष्ट ध्वनी मिश्रण: मुकेष शाह – लिलिबिली
उत्कृष्ट श्रृंगार: शंकर थापा – घामपानी

जुरीतर्फ

अभिनेता: र​मेश​ बुढाथोकी – भुईमान्छे
चलचित्र: भुईमान्छे
​खलपात्र: सुनिल​ थापा – शेर​ ब​हादुर​
ब​र्ष​ थिएट​र​: बिरेन्द्र​ ह​माल​ – माला आर्ट​