मसिंर २१ गते यानिकी यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रसाद’ले प्रिमियर सो सम्पन्न गरेको छ । प्रसादका कलाकार, प्राविधिकसाथै अन्य कलाकारहरू र संचारमर्कीको बाक्लो उपस्थितिमा चलचित्रको प्रिमियर सो सम्पन्न गरेको हो ।
बुधवार कमलपोखरी स्थिति बिग सिनेमामा प्रसादको प्रिमियर सो आयोजना गरिएको थियो ।
सञ्चारकर्मी सुशील पौडेलको लेखन र दिनेश राउतको निर्देशन रहेको चलचित्र प्रसादले प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको छ ।
तस्बिर - अन्जान