काठमाडौँ इन्टरन्यासनल माउन्टेन फिल्म फेस्टिभल ( किम्फ ) को सोहौं संस्करण आज (शुक्रवार)बाट सुरु भएको छ । राष्ट्रिय सभा गृह र नेपाल पर्यटन बोर्डमा मङ्सिर २१ देखि २५ गतेसम्म ( ७ देखि ११ डिसेम्बर ) चल्ने यो फिल्म महोत्सवको आनी छोइङ डोल्मा, जेनिफर पिडम, दावा यामजुम शेर्पा, सरिता मिश्र र लक्ष्मी शर्माले वुमन मुभ माउन्टेनको ब्यानर खोलेर सुरु गरेका थिए ।

‘माउन्टेन’ फिल्म प्रदर्शनीबाट सुरु भयो ‘किम्फ’को सोहौँ संस्करण 

महोत्सवको सुरवात अष्ट्रेलियाली निर्देशक जेनिफर पिडमको माउन्टेन फिल्मबाट भएको थियो । फिल्म “माउन्टेन”मा ले पर्वतको सौन्दर्य, रहस्य र अद्भूत शक्तिलाई अतीव सुन्दर ढं¨ले प्रस्तुत गरिएको छ ।यसपटक नेपाल लगायत ३१ वटा देशहरुका ७० भन्दा बढी फिल्महरु देखाइँदैछ । विगत चार बर्ष देखि किम्फ सिनेमा हलमा हुदैँ आइरहेको थियो । चार बर्ष पछि पुनःराष्ट्रिय सभा गृहमा फर्किएको किम्फमा वृत्तचित्र, कथानक चलचित्र, लघु चलचित्र, प्रयोगवादी र एनिमेसन फिल्महरू देखाइने छन् ।वुमन मुभ माउन्टेन्स भन्ने नारा बोकेको किम्फको सह आयोजक काठमाडौँ महानगरपालिका रहेको छ । 
 

‘माउन्टेन’ फिल्म प्रदर्शनीबाट सुरु भयो ‘किम्फ’को सोहौँ संस्करण 

यस वर्षको निर्णायक मण्डलमा केन्डल माउन्टेन फिल्म फेस्टिभलका कला निर्देशक क्लेर जेन कार्टर, अष्टे«लियन फिल्ममेकर जोलियन हफ तथा नेपालका छिरिङ रितार शेर्पा रहेको आयोजकले जानकारी दिए ।  जुरीले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा परेका १४ फिल्महरु मध्येबाट उत्कष्ट ३ फिल्म र नेपाल पानोरमा अन्तर्गत परेका २० वटा फिल्महरुबाट उत्कृष्ट बृत्तचित्र र कथानक चलचित्रको छनौट गर्नेछन् । 
 

‘माउन्टेन’ फिल्म प्रदर्शनीबाट सुरु भयो ‘किम्फ’को सोहौँ संस्करण 

अन्तराष्ट्रिय प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुने फिल्मलाई क्रमशः अमेरिकी डलर १५००।– १,०००।– र ५००।– बराबरको नगद पुरस्कार प्रदान गरिने छ भने त्यस्तै नेपाल पानोरामा अन्तर्गत आख्यान र गैरआख्यान विधामा क्रमशः रु एक लाख र ७५ हजार रूपियाँको नगद पुरस्कार दिइने छ । किम्फमा प्रदर्शित उत्कृष्ट पर्वतीय फिल्मलाई इसिमोडले १ हजार अमेरिकी डलरको नगद पुरस्कार प्रदान गरिने छ ।