"तपाईँ घमण्डी हुनुहुन्छ अरे नि त ? "

नायिका बर्षा शिवाकोटीमाथि तेर्सिने पहिलो प्रश्न । ‘मसंग बोलेका पनि हुँदैनन्, मलाई देखेको भरमा घमण्डी छौ भन्छन् ’ बर्षा भन्छिन् । चलचित्र ‘नाई न भन्नु ल–२’बाट रजतपटमा प्रवेश गरेकी नायिका –बर्षा शिवाकोटीलाई उक्त चलचित्रमा छोटो भुमिकामा देखे पनि धेरैले याद गरे । ‘नाई न भन्नु ल २’मा काम गरेसंगै उनले ‘पशुपति प्रसाद’मा पनि काम गरिन् । बोल्न नसक्ने भुमिकामा देखिएकी बर्षालाई ‘बुनु’को पात्रले अझ बढि चिनायो ।

चलचित्रको साथमा म्युजिक भिडियोमा पनि व्यस्त छिन् बर्षा । उनीप्रति धेरैको गुनासो हुने गर्दछ "काम गर्ने टिमसंग घुलमिल हुन नसक्ने, धेरै नबोल्ने" । उनी भन्छिन् ‘मेरो सानै देखिको बानी हो यस्तो । म काम बाहेक अरु कुरामा ध्यान दिन्न र कुरा आयो काम गर्ने टिमसंग: सबैसंग मेरो व्यवहार समान हुन्छ । सबैसंग मेरो प्रोफेस्नल सम्बन्ध नै हुन्छ । मलाई वाइयातको गफ गर्दै हल्ला गर्दै बस्न मन लाग्दैन र म सक्दिन पनि । ’ उनि थप्छिन्,‘ सिने क्षेत्रमा घुलमिल नभएकै कारण पछि परेको भन्ने गरिन्छ तर म यो कुरालाई मान्दिनँ । मान्छेको बानीसंग काम तुलना गर्नु एकदमै गलत हो । म कस्तो काम गर्छु त्यसमा ध्यान दिनु पर्छ । म कहाँ जान्छु ? को संग बोल्छु ?, कसरी बोल्छु ? यस्तो यस्तो कुराबाट कामलाई तुलना गरेको देख्दा नराम्रो लाग्छ ।

आफ्नो बानीको कारण करियरमा कस्तो असर गर्ला? भन्ने प्रश्नको जवाफमा उनि भन्छिन् , ‘मेरो बानीको कारण करियरमा असर गर्छ जस्तो मलाई लाग्दैन् । मैले अघि भनेको जस्तै मानिसको बानी र कामको तुलना गर्नु गलत हो । म कस्तो छु भन्दा पनि मेरो काम कस्तो छ अनि म काम राम्रो गर्छु या गर्दिन भन्ने कुरा महत्वपुर्ण हो । फेरि अरुले भनेको भरमा ,अरुको कुराको सुनेको भरमा जज गर्नु पनि राम्रो होइन । कतिलाई त मैले चिनेको पनि हुदिनँ, उहाँहरुले तिमी यस्तो उस्तो भन्दा अचम्म लाग्छ ।म जोसंग नजिक छु उहाँहरुलाई थाहा छ म घमण्डी होइन नरम र अझ बढि भावनात्मक छु भनेर । ’

बर्षा अभिनित चलचित्र ''कारखाना'' यहि असार १६ गतेबाट प्रदर्शन हुदैछ । कारखानाले करियरमा कस्तो मोड लिन्छ होला ? उनि भन्छिन् ‘मेलै अहिलेसम्म काम गरेको चलचित्रमा आफुले चाहेको जस्तो अभिनय गर्न पाएको थिइनँ । तर कारखानामा त्यो सबै गर्न पाएको छु जुन एउटा नायिकाले गर्नु पर्ने हो । एउटा साधरण केटीको कथा छ चलचित्रमा । जसको जीवनमाथि कैयौँ उतारचढावहरु आउछन् जान्छन् । नरमदेखि रिसाहाको अभिनय गर्न पाएको छु । यसबाट नोटिस हुन्छ जस्तो लागेको छ । ’

यसरी आफुसङ्ग सम्बन्ध नभएका र नजिकबाट परिचय समेत नभएका मान्छेहरुबाट घमण्डीको परिचय पाउनु पक्कै पनि एउटा कलाकारको कालाकारिता जिवनमाथी केहि असार त पर्छ नै तर आफ्नो काम र भूमिकालाई न्याय गर्नु नै कलाकारको धर्म हो ।यो धर्म वर्षाले आफुले खेलेका चलचित्रहरुमा पुरा गरेकी छिन् र गर्दै पनि जानेछिन् ।वर्षा अभिनित कारखाना प्रदर्शन को तयारिमा छ जहाँ उनले आफ्नो भूमिकालाई कत्तिको न्याय गरेकी छिन् दर्शकले थाहा पाउनेछन् ।