अभिनेता दयाहाङ राई अभिनीत चलचित्र ‘आप्पा’को प्रदर्शन मिति सहित पोस्टर सार्वजनिक भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रम बिच चलचित्रको पोस्टर सार्वजनिक गरिएको हो । सार्वजनिक पोस्टरमा अभिनेता दयाहाङको साथमा चलचित्रका दुई मुख्य पात्र सिद्धान्त राज तामाङ र अल्लोना काबो लेच्पा फिचर्ड छन् । पारिवारिक कथामा बनेको चलचित्रमा बुवा–छोरा बिचको सम्बन्धलाई देखाइएको अभिनेता दयाहाङ राई बताउँछन् ।
यो चलचित्रलाई अनमोल गुरुङले निर्देशन गरेका हुन् । कालिङपोङमा बसोबास गर्दै आएका अनमोलको यो डेव्यु निर्देशकिय चलचित्र हो । अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रमा लगानी रुदेन सादा लेप्चाको रहेको छ । चलचित्रमा दयाहाङ, सिद्धान्त, अल्लोनाको साथमा तुलसी घिमिरे, अरुणा कार्की, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ । ‘आप्पा’मा निर्देशक अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डी कार्कीको छायाङ्कन, अनमोल गुरुङ र शैकात देवको सङ्गीत, निमेष श्रेष्ठको सम्पादन चलचित्रमा रहेको छ ।