स्थानीय चुनावको पहिलो चरणमा आफूले मतदान गर्न नपाएको भन्दै अभिनेत्री करिष्मा मानन्धरले सामाजिक संजालमा आफ्नो श्रीमान् विनोद मानन्धरलाई गाली गर्दै स्टाटस पोस्ट गरेकी थिइन । उनको उक्त स्टाटसको चर्को आलोचना समेत भएको थियो ।

श्रीमान् श्रीमतीबीचको उक्त झगडाको दोष कतिले पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई समेत दिए । तर मंगलबार बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टीको बर्षगाँठमा निर्माता समेत रहेका विनोद मानन्धर श्रीमती करिष्मासँगै जेरी लिएर कार्यक्रममा सहभागी भएका थिए ।

आफू सदस्य रहेको पार्टीका बर्षगाँठको अवसरमा आयोजीत कार्यक्रममा सहभागी गराउन करिष्माले आफ्नो श्रीमान विनोदलाई लिएर गएकी थिइन् । कार्यक्रममा विनोदले डा.भट्टराईलाई जेरी उपहार दिएका थिए ।