‘ए मेरो हजुर २’बाट डेव्यु गरेका नायक सलिनमान बनियाँ पछिल्लो समय चलचित्र ‘यात्रा ः अ म्युजिकल भ्ल्ग’को डबिङमा व्यस्त छन् । दोस्रो चलचित्र मार्फत आफ्नो स्टारडम झनै बढाउने गरी काम गरिरहेका सलिनको डबिङसँगै काम अन्तिम चरणमा पुगेको छ । चकलेट लुक्सको कारण चर्चामा रहेका सलिनमान प्राय मिडियामा आउँदैनन् । यसैले गर्दा पनि उनको गतिविधिमा फ्यानसँगै मिडियाकर्मीको पनि चासो हुने गर्छ । सलिन यात्रामा एक भ्ल्गरको भूमिकामा छन् । सलिन ‘यात्रा’बाट आशावादी रहेको बताउँछन् । चलचित्रमा सलिनसँगै , सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , बिशाल पहाडी , प्रजोल भट्टराई , देशभक्तखनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहेको छ ।
यसैचलचित्र मार्फत मल्लिका महतले डेब्यु गर्दै््छििन भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । सम्राट शाक्यको कथा तथा निर्देशन रहने चलचित्र कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भईरहेको छ । केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको चलचित्रमा बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह – निर्माता रहेका छन् ।
चलचित्रका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । चलचित्रमा कथापनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने , प्रतिकपौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् । चलचित्रको मुख्य सहायक निर्देशक सुरेशनै रहेका छन् भने यसलाई संजय लामाले खिचेका हुन् । चलचित्रमा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द , बनिश शाहको सम्पादन , आशिष पौडेलको कस्ट्युम डिजाइन , जटा शंकर गोसाईको आर्ट डिजाइन , निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहेकोछ । चलचित्रमा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेको छ भने चलचित्र नयाँ वर्षको अवसर पारेर चैत्र २९ मा रिलिज हुनेछ ।