आगामी २७ पुषमा रिलिज हुन लागेको चलचित्र ‘चौका दाउ’को बुधवार राजधानीमा एक समारोहबीच ट्रेलर रिलिज गरिएको छ । ट्रेलरमा चार जुवाडे रबीन्द्र झा, विल्सन बिक्रम राई, तैयब शाह र सन्तोष पन्तलाई उर्वर्सी बनेकी वर्षा राउतको पछि लागेको रोचक दृष्यहरु देख्न पाईन्छ । साँढे दुई मिनटको ट्रेलरले दर्शकलाई हँसाउँछ । चौका दाउका परिकल्पनाकार एवम् बरिष्ट संगीतकार शम्भुजीत बासकोटाले साँढे चार दशकदेखि आफु चलचित्र एवम् संगीत क्षेत्रमा रहेको र यसलाई निरन्तरता दिन चौका दाउ निर्माण गरेको बताए । चौका दाउ हास्यप्रधान सामाजिक चलचित्र भएको र एकता दिवसको दिन २७ पुषमा रिलिज गर्न लागेको परिकल्पनाकार बासकोटाले बताए । यो चलचित्रमा कथा, संगीत र गायन पनि बासकोटाकै रहेको छ । 
मनोज राजभण्डारी र सौर्यजीत बासकोटाले निर्माण गरेको चौका दाउलाई पूर्णेन्दु झाले निर्देशन गरेका हुन् । 

चौका दाउमा वर्षा राउत, रविन्द्र झा, अजश्र ढुँगाना, सन्तोष पन्त, तैयव शाह, विल्सन विक्रम राई, निर्मल शर्मा, सोनिका केसी, सुनिता श्रेष्ठ ठाकुर, रोशनी सापको, श्याम राईलगायतको अभिनय रहेको छ । अभिमन्यु निरवीको पटकथा सम्बाद रहेको यो चलचित्रको छायाँकारमा दीर्घ गुरुङ, सम्पादकमा मित्रदेव गुरुङ, द्धन्द्ध निर्देशकमा रोशन श्रेष्ठ,निर्माण संयोजकमा नरेन्द्र खड्का, नृत्य निर्देशकमा बसन्त श्रेष्ठ र भिमफेदी गाईज, गायनमा शम्भुजीत बासकोटासँगै कोमल राजभण्डारी र सुमन गुरुङ, रंग संयोजकमा भरत रेग्मी, निर्माण ब्यबस्थापकमा सुवास काफ्ले रहेका छन् । सौर्य प्रोडक्सनको व्यानरमा निर्मित यो फिल्मलाई काठमाडौंमा गोपाल कायस्थ र मोफसलमा एफडीले वितरण गर्दैछ ।