चलचित्र ‘प्रेमगीत २’को क्लाइमेक्स सीनहरु लिक भएको छ । फेसबुक मार्फत एक व्यक्तिले चलचित्रका केहि महत्वपुर्ण तस्विरहरु लिक गरेका हुन । चलचित्रको दृश्यहरु लिक भएपछि यतिबेला निर्माता सन्तोष सेन तनावमा छन् ।

सन्तोष सेनको निर्माण रहेको प्रेमगीत २ को उक्त लिक सीनहरुमा निर्माता सेनको पनि भुमिका रहेको देख्न सकिन्छ । अभिनेता प्रदिप खड्का र निर्माता सेनलाई उक्त सिनमा फरक देखाइएको छ ।

‘आफ्नो भुमिकाको बारेका सस्पेन्स राख्ने योजना थियो तर चलचित्रमा काम गर्न आउने जानेले लिक गरिदिए छ ।’ सेनले बताए । ‘द्वन्द्वको मात्र छुट्टै ट्रेलर बनाउने योजना थियो अब हामी ट्रेलरमै द्वन्द्वलाई समावेश गर्ने छौँ ’ सेनले थपे । यस्तै चलचित्रको सिन लिक भएपछि नायक प्रदिप खड्काले पनि आपत्ति जनाएका छन् ।

रामशरण पाठकको निर्देशन रहेको चलचित्र ‘प्रेमगीत –२’ मा प्रदिप खड्का र अश्लेषा ठकुरीको मुख्य भुमिका रहेको छ । चलचित्र साउन १३ बाट देशभर प्रदर्शन हुने छ ।