चलचित्र ‘शुभलभ’को फस्टलुक सार्वजनिक भएको छ । चलचित्रको सार्वजनिक पोस्टरमा सिनेमाका दुई मुख्य पात्र हरिहर अधिकारी र कृष्टिन पौडेल फिचर्ड छन् । यी दुवै कलाकार यही चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा डेव्यु गर्दैछन् । बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतिकर्ता श्री प्रदीप कुमार उदय हुन् । चैत्र १५ गतेबाट प्रदर्शनमा आउने चलचित्रलाई पुराना निर्माता तथा निर्देशक सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् । चलचित्रमा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ ।‘शुभलभ’मा हरिहर अधिकारी र कृष्टिन पौडेलको अलवा डाक्टर सुर्या थापा, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल, अनुज पाण्डे लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । भने निर्माता तथा हल सञ्चालक श्री प्रदीप कुमार उदय ‘शुभलभ’मा अतिथी कलाकारको रुपमा देखिनेछन् ।चलचित्रमा हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, रामेश्वर कार्कीको छायाँकन, रोशन विक्रम भट्टराईको द्धन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।