बिहीबार अभिनेता अनमोल केसी अभिनीत चलचित्र ‘क्याप्टेन’को पहिलो गीत सार्वजनिक गरियो। अर्जुन पोखरेलको सङ्गीत, दिग्गज धौरालीको शब्द, सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको सार्वजनिक गीत रिलिज भएको १२ घण्टा नपुग्दै ट्रेन्डिङ नम्बर एकमा पुगेको थियो । त्यस्तै यति बेला नेपालको युट्युबमा ट्रेन्डिङ नम्बरमा २ मा रहेको गतिले राम्रो प्रतिक्रिया पाइरहेको छ । कविराज गहतराजको कोरियोग्राफीमा बनेको गीतमा चलचित्रका दुई मुख्य कलाकार अनमोल केसी र उपासना सिंह ठकुरी फिचर्ड छन् । 

दिवाकर भट्टराईको निर्देशनमा तयार भएको यो चलचित्रलाई भूवन केसीले निर्माण गरेका हुन् । फुटबल खेलाडीको कथामा बनेको चलचित्र क्याप्टेनमा अनमोल र उपसानाको साथमा प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन बिक्रम राई लगायतका कलाकारको अभिनय रहेको छ ।यो चलचित्र फागूण १७ गते रिलिज हुँदैछ ।