सुपर हिट चलचित्र 'जात्रा'काे सिक्वेल ‘जात्रै जात्रा’ले आफ्नो प्रदर्शन मिति पोसपोण्ड गरेको छ । चलचित्रका मुख्य अभिनेता विपिन कार्की केही समयअघि सवारी दुर्घटनामा परेका थिए । उनको स्वास्थ्य स्थितिमा सुधार नआएपछि निर्माण टिमले चलचित्रको रिलिज मिति सारेको हो । अब सोही मितिमा भने नायक आशिरमान देशराजको चलचित्र ‘द ब्रकेअप’ आउने भएको छ । पौष २७ गते आफ्नो प्रदर्शन मिति तय गरेको दि ब्रेक अप टिमले चलचित्रको प्राविधिक कारण देखाउँदै फागुन १७ गते सारेका हो । यो चलचित्रलाई हेमराज बिसीले निर्देशन गरेका हुन् । हेमराजकै चलचित्र ‘ग्याङस्टर ब्लुज’बाट डेव्यु गरेका आशिरमानको युवापुस्तामा राम्रो क्रेज रहेको छ ।

चलचित्रमा आशिरको अलावा शिल्पा मास्के, इच्छा कार्की, सरोज खनाल लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको दुई गीत रिलिज भइसकेका छन् । यता सोही मितिमा युवास्टार अनमोल केसीको ‘क्याप्टेन’ पनि रिलिज हुदैँछ । चलचित्रको पहिलो गीत रिलिज भइसकेको छ । दिवाकर भट्टराईको निर्देशन रहेको क्याप्टेनलाई भूवन केसीले निर्माण गरेका हुन् । चलचित्रमा अनमोलसँगै उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकारलगायतका कलाकारको अभिनय रहेको छ ।