‘छक्का पन्जा, छक्का पन्जा २ र छक्का पन्जा ३’ निर्देशन गरेर चर्चामा रहेकी निर्देशक दिपाश्री निरौला यति बेला आइटम डान्स गर्दैमा व्यस्त छिन् । आइतबार बालाजु स्थिती एनफडिसी पुग्दा दिपाश्री ‘भट्टीको साहुनी’ रुपमा थिइन् । उनी त्यहाँ चलचित्र ‘हजार जुनीसम्म’को आइटम गीतको छायाँकनमा व्यस्त देखिन्थइन् । विकासराज आचार्यको निर्देशन रहने चलचित्रको छायाँकन सनिबारबाट सुरु भएको छ । चलचित्रमा अभिनेता आर्यन सिग्देल, नायिका स्वस्तिमा खड्का र नव नायक अक्की प्रधानको मुख्य भूमिका रहने छ ।  चलचित्रमा आइटम गीत गर्नु बारे दिपा भन्छिन् ‘बिकासराज दाईले अफर गर्नु भयो । उहाँले भनेपछि नाईँ भन्ने कुरै आउँदैन । यो हाम्रै टिम हो ।’ गीत निकै राम्रो भएको दिपा बताउछिन् ।

भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरिरहेका छन् भने छायाँकन पुरुषोत्तम प्रधानको रहेको छ । ‘आज नगद भोली उधारो’ बोलको गीतमा बसन्त सापकोटाको शब्द तथा संगीत, प्रल्हाद तिमिल्सिना, मिना निरौला र दीपाश्रीको स्वर रहेको छ ।

‘हजार जुनीसम्म’को आइटम गीतमा दिपाश्रीको ठुम्का (भिडियो)

गीतको छायाँकन सकिएसँगै चलचित्रको बाँकी छायाँकन पोखरामा हुने निर्माण पक्षले बताए । 
 

‘हजार जुनीसम्म’को आइटम गीतमा दिपाश्रीको ठुम्का (भिडियो) ‘हजार जुनीसम्म’को आइटम गीतमा दिपाश्रीको ठुम्का (भिडियो)