नायक नाजिर हुसेन र नायिका शिल्पा मास्केको मुख्य भूमिका रहेको ‘कागजपत्र’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । चलचित्रको चार पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले प्रदर्शन मिति तय गरेको हो । यो चलचित्र अब चैत्र ८ गते रिलिज हुने भएको छ । इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतकर्ता रहेको चलचित्रलाई वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयुक्त व्यानरले संयुक्तरुपमा निर्माण गरेका हो ।
चलचित्रमा लेखन तथा निर्देशन अपिल बिष्टको रहेको छ । समाजिककथालाई कमेडी ढंगमा प्रस्तुत गरिएको कागजपत्रमा नाजिर र शिल्पाको अलावा भोलाराज सापकोटा, सरिता गिरी, लोकेन्द्र लेखक लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा खिलेन्द्र तिम्ल्सीना, मुकेश रेग्मी र प्रजापती सिवाकोटी निर्माताको रुपमा रहेका छन् । चलचित्रमा सह–निर्माताको रुपमा किरण न्यौपाने र सरस्वती श्रेष्ठ रहेका छन् । निमेष श्रेष्ठको सम्पादन रहेको चलचित्रमा क्यासीमिर डिक्सनको छायाँकन रहेको छ भने बसन्त सापकोटा र संगीत सापकोटाको संगीत रहेको छ ।