चलचित्रमा फिट मानिएको जोडी दयाहाङ राई र दिया पुनको जोडी पुनः एकपल्ट एकसाथ देख्न पाइने भएको छ । अब यो जोडी आगामी नयाँ वर्ष २०७६ जेष्ठ १० मा रिलिज हुन लागेको ‘दयारानी’मा देखिने भएका छन् । मङ्गलवार काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रम बिच दयारानीको पोस्टर र रिलिज मिति घोषणा गरिएको थियो । चलचित्रमा दयाहाङको रानीको रुपमा दिया देखिन्दैछिन् । दया र दियाको जोडीलाई बिर बिक्रम र मिस्टर झोलेमा दर्शकले निकै रुचाएका थिए । 

दयाहाङकी ‘दयारानी’ दिया, जेष्ठमा हुनेछ रिलिज 

दयारानीलाई माओत्से गुरुङले निर्देशन गरेका हुन् । सिनेमा आर्टस् र माओत्से फिल्मस्को ब्यानरबाट बनेको चलचित्रमा गुरुङ समुदायको परिवेशलाई प्रस्तुत गरिएको छ । जसमा खराब श्रीमान र दयालु श्रीमतीको कथा रहेको छ । निर्देशन स्वयंमको लेखन रहेको चलचित्रमा दया र दियाको अलावा बिजय बराल, पुस्कर गुरुङलगायतका कलाकारको अभिनय रहेको छ ।