अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहेको चलचित्र ‘गोपी’को ट्रेलर रिलिज भएको छ । बुधवार राजधानीमा आयोजित एक कार्यक्रम बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको थियो । माघ १८ गते रिलिजको तयारीमा रहेको ट्रेलरमा अभिनेता कार्कीलाई गाई पालनको लागी सङ्घर्ष गरिरहेको देखाइएको छ । विपिनसँगै ट्रेलरमा अभिनेत्रीद्धय वर्षा राउत र सुरक्षा पन्त र कलाकार अङ्कित खड्का फिचर्ड छन् ।केही दिन अघि सवारी दुर्घटनामा परेका अभिनेता विपिन कार्की कार्यक्रममा वैशाकी टेक्दै पुगेका थिए ।

आरोही केसीको लगानीमा आरोही इन्टरटेनमेन्ट ब्यानरमा बनेको चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । यसअघि उनले ‘घामपानी’ निर्देशन गरेका थिए । जुन व्यावसायिक र समीक्षागत हिसाबले सफल भएको थियो । चलचित्रमा कार्यकारी निर्माताको रूपमा श्रीधर पौडेल रहेका छन् । सामिप्यराज तिमिल्सेनाको पटकथा र संवाद रहेको चलचित्रमा कथा निर्देशक लामाको रहेको छ । चलचित्रमा छायाङ्कन शैलेन्द्र डी कार्कीको रहेको छ भने कोरियोग्राफी गोविन्द राईको रहेको छ । चलचित्रमा सङ्गीत न्यु बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको रहेको छ भने सम्पादन निमेष श्रेष्ठको रहेको छ ।