यही आउँदो पुस २० गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘जय श्री दाम’को १५ मिनेट लामो प्रिभ्यु युट्युबमा सार्वजनिक भएको छ । सोमबार काठमाडौँमा चलचित्र टिमले एक कार्यक्रम प्रिभ्यु सार्वजनिक गरेको थियो । पब्लिसिटीको लागी सार्वजनिक गरिएको प्रिभ्युले दर्शकमाझ चलचित्र हेर्ने कौतुहता बढाउनेमा निर्माण पक्ष आशावादी देखिन्छन् ।
चलचित्रमा अमृत ढुङ्गाना, विनोद न्यौपाने, जेविका कार्की, प्रमोद अग्रहरी, विष्णु सापकोटा , राजन खतिवडा लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई बिप्लप उप्रेतीले निर्देशन गरेका हुन् । चलचित्रमा निर्देशक उप्रेती र अमदीप सापकोटाको कथा र पटकथा रहेको छ ।