नव गायक श्री राईको आवाजमा रहेको नयाँ म्युजिक भिडियो सार्वजानिक भएको छ । ‘बै“सालु जावानी’ बोलको सार्वजानिक गीतमा गायक राईको शब्द तथा संगीत रहेको छ । रंग पत्रकार विशाल राईले पहिलो चोटी निर्देशन गरेको भिडियोमा नायक पुष्पल खड्का र मोडल श्रृष्टिना राईको अभिनय रहेको छ ।
गोदावरीको रोमान्चक दृश्यहरु समावेश गरिएकोे म्युजिक भिडियोमा एउटा जवान केटा र केटीको लभस्टोरीलाई देखाउन खोजिएको निर्देशक बिशाल राईले बताए । भिडियोलाई ज्ञानेन्द्र शर्माको छायाँकन गरेका हुन भने टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।