अन्य मिस नेपालहरू मध्ये यसबर्ष २०१८ कि मिस नेपाल श्रृंखला खतिवडाको चर्चा बेग्लै रह्यो । मिस वल्र्डमा रहन्दा उनको हरेक क्रियाक्रलापहरु समाचार बनेका थिए । मिस वल्र्डमा व्युटि विथ प्रपस र मल्टिमिडिया गरी दुई वटा अवार्ड जितेकी श्रृंखलालाई नेपाली चलचित्रमा खेलाउन निर्माता–निर्देशक लागिपरेका छन् । हुन त यसअघिका प्राय जसो मिस नेपालहरू मोडलिङ र नेपाली चलचित्रमा व्यस्त छन् । तर श्रृंखलाले भनी चलचित्र नखेल्ने नै घोषणा गरेकी छिन् ।
सोमबार मुन्द्रेको केमडी क्लबमा श्रृंखला पाहुना बनेर पुगेकी थिइन् । कलाकार जितु नेपालले सञ्चालक गर्ने उत्त कार्यक्रम निर्देशक दिपाश्री निरौला अध्यक्षको रूपमा छिन् । कार्यक्रम सकिएपछि दिपाश्रीले मिडियाकै अगाडी श्रृंखलालाई ‘छक्का पञ्जा ४’को लागी प्रस्ताव राखिन् । तर श्रृंखला आफूलाई अभिनयमा रुचि नभएको भन्दै जवाफ दिएकी थिइन् । ‘छक्का पञ्जा ४को पहिलो सो हेर्ने हल पुग्छु । तर दर्शक बनेर अभिनेत्री बनेर होइन ।’ श्रृंखला बताउँछिन् । अभिनय भन्दा पढाइमा अझ रुचि भएको कारण पढाई लाई निरन्तरता दिने उनी बताउँछिन् । यता श्रृंखलाको जवाफ सुनेपश्चात् दिपाश्रीले उनको पढाई र समाजसेवाको लागी शुभकामना दिएकी थिइन् ।