हालै सम्पन्न भएको नेपाल आइडल सिजन २ का बिजेता रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु भएको छ । बुझिए अनुसार बुधबार बिहान सात बजे पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो । ४५ बर्षीया बिष्णा ओडको उपचारको लागी अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । करेन्ट लागेर घाइते भएकी बिष्णालाई सेती अञ्चल अस्पताल पुर्याइसँगै चिकित्सकहरुले मृत घोषित गरेका थिए । यता नेपाल आइडल बिजेता भएपछि रवि केही दिन अगाडीमात्र धनगढी पुुगेका थिए । तर बिभिन्न कार्यक्रमहरुमा उपस्थिती हुनुु परेको कारण घर भने पुुगेका थिएनन् । बिष्णा रविकी कर्मदिने आमा हुन् । उनलाई जन्मदिने आमाको निधन भइसकेको छ ।