चलचित्र ‘जानी नजानी’को डान्सिङ नम्बर सार्वजनिक भएको छ । बिहीबार राजधानीमा कार्यक्रम आयोजना गर्दै चलचित्रको गीत सार्वजनिक गरिएको थियो । ‘एउटीलाई मुटुमा घर’बोलको गीतमा अर्जुन पोखरेल र दुर्गा खरेलको स्वर रहेको छ भने संगीत पोखरेल स्वयंमको रहेको छ । गीतमा शब्द अम्बिका शर्माको रहेको छ भने कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । गीतमा मनिष श्रेष्ठ र सुमी मोक्तानले कम्मर मर्काएका छन् ।
बसन्त अधिकारीको डेव्यु निर्देशन रहेको चलचित्रमा मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह र नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको छ भने प्रकाश अधिकारी , कृष्ण भक्त महर्जन , रोशनी केसी लगायतका कलाकारको अभिनय रहनेछ । चलचित्रमा कथा, पटकथा, संवाद सामिप्यराज तिमिल्सेनाको रहेको छ भने संजय लामाको छायाँकन रहेको छ । रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित चलचित्रमा रोशनी केसीको लगानी रहेको छ । यो चलचित्र चैत्र १ गतेबाट प्रदर्शन हुने छ ।