अभिनेता अर्पण थापाको चौँथो निर्देशनमा ‘घर’ नामक चलचित्र बन्ने भएको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन बिच चलचित्रको अफिसियल निर्माण घोषणा गरिएको हो । पुर्णतया हरर कथामा बन्ने घरलाई शर्मिला पाण्डेले निर्माण गर्ने भएकी छिन् । यसअघि शर्मिलाले ‘लभ लभ लभ’ र ‘चङ्गा चेट’ निर्माण गरेकी हुन् ।

अर्पणको निर्देशनमा ‘घर’ बन्दै, कलाकारको हुदैँछ खोजी 

हरर चलचित्र सुनकेशरी निर्देशन गरेका अर्पणको यो दोस्रो हरर सिनेमा हो । चलचित्रमा कलाकारको रूपमा हालसम्म निर्माण पक्षले निर्देशक अर्पण थापाको नाम मात्र सार्वजनिक गरेको छ । त्यस्तै चलचित्रको लागी दुई नायिका र अन्य कलाकारको खोजी भइरहेको निर्माण पक्षले जनाए । डीएस इन्टरटेन्मेन्टको ब्यानरबाट निर्मित चलचित्रले एउटा घर भित्र हुने घटनालाई सस्पेन्सरुपमा प्रस्तुत गरिने निर्माण पक्षको भनाई छ । 

अर्पणको निर्देशनमा ‘घर’ बन्दै, कलाकारको हुदैँछ खोजी