गत बर्ष अभिनेत्री बेनिशा हमाल अभिनित दुई चलचित्र ‘‘झ्यानाकुटी र ब्लाइन्ड रक्स’ प्रदर्शनमा आए । जसमा व्यवसायिक रुपमा झ्यानाकुटी केही माथी थियो भने ब्लाइन्ड रक्सले खासै कमाई गर्न सकेन । तर दुवै चलचित्रबाट बेनिशाको कामको भने चर्चा भयो । अझ ब्लाइन्ड रक्सबाट बेनिशाले उत्कृष्ट अभिनेत्रीको समेत अवार्ड हात पारिन् । 

उनै हमाल यतिबेला नयाँ चलचित्रमा अनुबन्धित भएकी छिन् । बहुपति प्रथाको कथामा बन्न लागेको ‘टुल्की’मा बेनिशा शिर्ष भूमिकामा अनुबन्धित भएकी छिन् । लक्ष्मण सुनारको डेव्यु निर्देशनमा बन्न लागेको चलचित्रमा बेनिशा अनुबन्धित भएकी हुन् । चलचित्रको छायाँकन माघ १५ गतेबाट सुरु हुने छ । चलचित्रमा बेनिशा धेरै श्रीमान भएकी एक श्रीमतीको भूमिकामा देखिन्दैछिन् । चलचित्रमा रहने अन्य कलाकारको बारेमा भने खुलाइएको छैन ।