केही महिना अघि रिलिज र चर्चामा रहेको चलचित्र बोवीको सिक्वेल बन्ने भएको छ । सनिबार राजधानीमा आयाजित पत्रकार सम्मेलन गर्दै चलचित्रको अफिसियल घोषणा गरिएको थियो । बोबीमा बाँकी रहेको केही भागलाई बोवी २ मा देखाइने छ । चलचित्र घोषणा बोबी २ बाँकी िकथाको रुपमा घोषणा गरिएको थियो । चलचित्रलाई बोवीका निर्देशक मिलन चाम्सले गर्दैछन् ।
‘बोबी २ मा उमेशको संघर्ष र सफलताको कथा हुनेछ । बोबी अर्थात् कविता गुरुंग, उमेश थापा, छोरा एलिश थापा र कलाकार विजय लामाको अबभिनय रहनेछ । स्क्रिप्ट नरेश भट्टराई र गिरीराज घिमिरे मिलेर लेख्नेछन् । छायाँकन सुदीप बरालले गर्नेछन् ।
चाम्स इन्टरटेनमेन्टको ब्यानरमा बन्ने चलचित्र बोबी २ को छायाँकन चैतको पहिलो सातादेखि सुरु हुने निर्माण पक्षले जनाए । चलचित्रको छायाँकन नर्वे र नेपालमा हुनेछ । अन्तरजातिय भागी बिवाह गरेका उमेश र कविताको ‘बोबी’लाई देश तथा विदेशका दर्शकले रुचाएका छन् ।