चलचित्र ‘सय कडा दश’ को ट्रेलर सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको थियो । चलचित्रलाई रामशरण पाठकले निर्देशन गरेका हुन् । भष्टाचार विरुद्धको कथामा बनेको चलचित्रमा .राजाराम पौडेल, मनोज गुरेल, अमृत ढुङ्गाना, करुण श्रेष्ठ, उत्सव न्यौपाने, सोनिया राई, अमित पोखरेल, रवी डगोल, रश्मि भट्ट, टक राज आर्चाय, मानषी निरौलाको अभिनय रहेको छ । चलचित्रमा फिल्ममा रज्जु प्रधान, उत्तम खत्री, डिआर उपाध्याय, र संजीव न्यौपानेको लगानी रहेको छ । चलचित्रमा रन्जु प्रधानको कथा, निर्देशक पाठकको पटकथा र संवाद रहेको छ ।चलचित्र माघ १८ गतेबाट रिलिज हुने छ।