गत वर्ष रिलिज भएको चलचित्र ‘कृ’बाट डेव्यु गरेकी नायिका हुन्, अदिति बुढाथोकी । अभिनेता अनमोल केसीसँग अपोजिट रहेर डेव्यु गरेकी अदितिको चर्चा सुरुवाती दिनबाट नै रह्यो । भारतमा मोडलिङ गरिरहेकी अदितिको सामाजिक सञ्जालमा लोभ लाग्दो फ्यान फलोङइ रहेको छ भने उनका बोल्ड तस्बिरको चर्चा भारतीय मिडियामा पनि हुने गर्छ । अनमोलसँग डेव्यु गरेका कारण पनि कृ रिलिज पछि अदितिको व्यस्तता बढ्ने धेरैले अनुमान गरेका थिए । तर कृ रिलिजपछि अदिति कुनै चलचित्रमा अनुबन्धित भएको समाचारहरू बाहिरिएन् । उनी पनि भारतमा मोडलिङ गर्दैमा व्यस्त भइन् । चलचित्र रिलिज भएको झन्डै एक वर्षपछि अदिति ‘हेलो जिन्दगी’मा अनुबन्धित भएकी छिन् । एभरेस्ट सूर्य बोहोराको निर्देशनमा बन्न लागेको चलचित्रमा अदिति अनुबन्धित भएकी हुन् । बुझिए अनुसार चलचित्र निर्माण टिम र अदितिबिच सम्झौता भइसकेको छ भने चलचित्रमा अन्य को कलाकार हुनेछन् त्यसको बारेमा खुलाइएको छैन । लामो समय अमेरिका बसेर फर्किएका निर्देशक बोहोराले यसअघि भैरे नामक चलचित्र निर्माण गरेका थिए । चलचित्रले बक्स अफिसमा कमाल गर्न सकेको थिएन ।