पछिल्लो समय फिल्म प्रदर्शनका लागि अनेकौँ फण्डा अनपाउन थालइएको छ । आगामी माघ १८ गते देखी प्रदर्शनमा आउन लागेको फिल्म गोपीले आफ्नो प्रचार लाई ब्यापक बनाउँदै प्रचारको अनौठो शैली अपनाएको छ । केही समय अगाडि मात्रा नेपाल भित्रिएको नेपाल कै एक मात्र हट एयर बलुनमा आफ्नो पोस्टर टाँसेर फिल्मले पोखरामा प्रचार सुरु गरेको हो । ुपछिल्लो समय हट एयर बलुनमा मानिसहरुको आकर्षण बढ्दै गएको छ ।

पोखराको हट एयर बलुनमा ‘गोपी’ प्रचार 

त्यसको फाइदा उठाउँदै गोपीको प्रचार अझै प्रभावकारी होला भन्ने अभिप्रायले हामीले फिल्मको प्रचार हट एयर बलुन मार्फत गरेका  हौँ', फिल्मका कार्यकारी निर्माता श्रीधर पौडेलले भने । विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त लगायतको मुख्य भूमिका रहेको फिल्म दिपेन्द्र लामाको निर्देशनमा तयार भएको हो ।